१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कात्तिक १८ देखि मात्रै आमसभा र गोष्ठी गर्न पाइने



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ देखि मात्रै आमसभा, कोणसभा र गोष्ठी गर्न पाइने भएको छ ।

राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारका कार्यक्रमका गर्दा निर्वाचन आचारसंहिता, २०७९ अनुसार यो व्यवस्था लागु गरिएको हो ।

सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउने छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिहरुलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको छ ।

उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाटै निगरानी गर्नुपर्ने भएकोले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सुक्ष्म रुपमा अध्ययन गर्ने जनाएको छ ।

आयोगले आचारसंहिताको उल्लंघनलाई स्थलमै कारबाही गर्न केन्द्रीय र जिल्लास्थित आचारसंहिता अनुगमन समिति र अनुगन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *