७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहार सुरू, आज काग तिहार पर्व मनाइँदै



काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार आज (आइतबार) बाट सुरू भएको छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइएकाे हाे । कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हाे । सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार आइतबार काग तिहार मनाइएकाे छ ।

आइतबार कागको पूजा गरेर कागलाई मिठो खानेकुरा दिने प्रचलन रहेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साेमबार बिहान कुकुर तिहार र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने हुन्छ । यसैगरी कात्तिक ८ गते गाई पूजा, कात्तिक ९ गते प्रतिपदाका दिन गोरुपूजा, गोवर्द्धन पूजा तथा मह पूजा र कात्तिक १० गते द्वितीयाका दिन भाइटीका रहेको छ ।

भाइ टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *