१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको रक्षा गर्न गठबन्धन बनाउनुपरेको प्रधानमन्त्री देउवाको तर्क



सुर्खेत । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र नै खतरामा परेपछि गठबन्धन बनाउनु परेको बताएका छन् । सुर्खेतमा सत्त गठबन्धनले गरेको कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले समयको आवश्यकताले गठबन्धन बनेको बताए ।

संबिधान, गणतन्त्र र संघीयतामा प्रहार हुन थालेपछि गठबन्धन बनाउनुपरेको देउवाको भनाई छ । ‘लोकतन्त्र, संविधान, गणतन्त्र र संघीयतामा प्रहार भएपछि त्यही समयको आवश्यकताले गठबन्धन बनेको हो ।’  उनले भने ‘संविधानको रक्षा गर्न आवश्यक छ । गणतन्त्रको रक्षा गर्न आवश्यक छ । संघीयताको रक्षा गर्न आवश्यक छ ।’

उनले गठबन्धनका उम्मेदवारलाई मतदान गरेर देशको रक्षा गर्न पनि आग्रह गरे । ‘देश अहिले गम्भीर मोडमा उभिएको छ । देश चुनावपछि कता जाने ? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी छ ।’ उनले भने, ‘गठबन्धनको सरकारले नै हो संविधानको रक्षा गर्ने ।’

टिकट नपाएको झोँकमा नरिसाउन देउवाले पार्टी कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीमा नै भविष्य छ । भोली राष्ट्रियसभाको निर्वाचन आउँदैछ । राजदुत अन्य ठाउँमा नियुक्ति पनि हुन्छ ।’ उनले भने,‘अहिले नै आत्तिन आवश्यक छैन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *