६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लक्ष्मीपूजा, नरक चतुर्दशी र कुकुर तिहार



काठमाडौं। कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो।

तिहारको पहिलो दिन आइतबार काग तिहार मनाइएको थियो। आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ। कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ।

आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ। समितिका अनुसार गाईपूजा भोलि मंगलबार परेको छ।

यस्तै कार्तिक शुक्ल प्रतिपदाका दिन बुधबार गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा परेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ। तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ०४ बजे