१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ४२ जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौं । थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ९२१ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५०० र एन्टिजेनबाट ४२१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार थप ४३ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ।  

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४३ बजे