६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्ली उड्न ठिक्क परेको जहाज विमानस्थलले नै रोक्यो, यात्रुले गरे नाराबाजी



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली उड्न ठिक्क परेको  नेपाल वायुसेवा निगमको जहाजलाई विमानस्थलले नै रोकिदिएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले वायुसेवा निगमको शुक्रबार र आइतबारको लागि दिल्ली उडानको अनुमति नभएकोले रोक्नुपरेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको शुक्रबार र आइतबारको उडान कटौती गरेको सूचना पाउँदा पाउँदै पनि निगमले टिकट बेचेको र विमानस्थलबाट समेत उडान तालिका स्वीकृत नगराएको ठाकुरको भनाई छ ।

आइतबार दिउँसो पौने २ बजे भारतको नयाँ दिल्ली उडान गर्नको लागि निगमले २ सय ५४ जना यात्रुलाई टिकट बेचेको थियो । बोर्डिङ पास भएर पनि उड्न नपाउँदा यात्रुले विमानस्थलमा नाराबाजी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरले मार्चदेखि अक्टोबरको २९ तारिख र नोभेम्बरदेखि मार्चसम्म गरेर दुई वटा सिजनको उडान तालिका बनाएर अनुमति दिने गरेको छ । प्राधिकरणले नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न दबाब दिने उदेश्यले त्रिभुवन विमानस्थलबाट हुने उडान कटौती गरिदिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ५६ बजे