८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदाउँदो सूर्यलाई अर्घ दिंदै छठ पर्व सकियो



काठमाडौं । गत शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार सकिएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका भक्तजनहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिएको हो ।

काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खु लगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आइतबार जागा भइ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । साथै आज जनकपुरधाम, वीरगञ्ज लगायत तराईका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको छ ।

व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ दिने गर्दछन् ।

अर्घमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

वैज्ञानिक र ज्योतिषी तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

सोमबार बिहानको पूजापछि ३६ घण्टादेखिको निराहार ब्रत पनि सकिएको छ । छठपर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *