१४ बैशाख २०८१, शुक्रबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेबिरुद्ध अभियोजन पत्र दर्ता गरिने



काठमाडौं। बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्दैछ।

काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो। प्रहरीले लामिछानेविरुद्ध होटेलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय माग दाबी समेत गरिएको छ।

उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गरेको हो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *