१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्यो



काठमाडौं ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्‍याइने छ ।

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई-दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।

 देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *