१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै



काठमाडौं । नेपालमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन आयोजना गरिने भएको छ । यहीँ कार्तिक २६ र २७ गते काठमाडौंमा सम्मेलन हुँन लागेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त अयोजनामा हुन लागेको सम्मेलनमा अंग दान र प्रत्यारोपणका सम्बन्धमा विश्वका ख्याती प्राप्त विज्ञहरुको समेत सहभागिता रहने छ ।

दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने र अंग दान तथा प्रत्यारोपण कार्यले अझै प्रभावकारी रुपमा गति लिने विश्वास गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

उनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार काठमाडौं नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा अयोजना हुने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरर्गतका सबै निकायहरुको समेत सहभागिता रहने छ ।

सम्मेलनमा नेपालमा प्रत्यारोपणको वर्तमान अवस्था, चुनौति र हालसम्मका उपलब्धी बारे पनि चर्चा गरिने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सम्मेलनपछि हालसम्म प्रत्यारोपण बारे भइरहका प्रगतिले अझै गति पाउने विश्वास गरिएको छ भने हाल देखिएका समस्याको हल गर्नका लागि सरकार र सरोकारवाला निकायले विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्लास्तरीय अस्पतालका प्रमुख र नर्सिङ प्रमुख समेत सम्मेलनमा सहभागी हुने जनाइएको छ । 

यो सम्मेलनले सहभागीहरुबीच प्रत्यारोपण कार्यको अनुभव आदानप्रदान तथा यससम्बन्धी व्यापक जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

सम्मेलनमा नेपालको तर्फबाट १६ वटार विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्र प्रस्तुत हुनेछ । उक्त सम्मेलनको नारा ‘विकासोन्मुख मुलुकहरुको लागि मृत्यु पर्यान्त अङ्गदान र प्रत्यारोपण’ भन्ने रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *