१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङ केन्द्र बिन्दु भएर भूकम्प गयो, अछाम र बाजुरामा पनि त्रास



काठमाडौं । आज शनिबार साँझ बझाङ केन्द्र बिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

भूकम्पका कारण सूदुरपश्चिमका बझाङ सहित अछाम, डोटी र बाजुरमा पनि त्रास फैलिएको छ । भूकम्पका कारण यी जिल्लाका अधिकांस मानिसहरु अहिले पनि घर बाहिर रहेको अछामबाट पत्रकार चक्र जैसीले नेपाली अक्षरलाई जानकारी दिए ।

उनका अनुसार राति फेरि भूकम्प आउन सक्ने डरले मानिसहरु घर बाहिर निस्कीएर बसेका छन् । सूदुरपश्चिममा यो दोस्रो भूकम्प हो ।

यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *