४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महत्वपूर्ण संरचनाको सुरक्षामा नेपाली सेना



काठमाडौं । नेपाली सेनाले विमानस्थल, कारागारलगायत एक सय ६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावमा खटिएपछि सेनाले यो जिम्मा लिएको हो ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निार्वाचनलाई लक्षित गरेर महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षाका लागि सुरक्षा निकाय फेरबदल गरिएको जनाइएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले नेपाली अक्षरलाई दिएको जानकारी अनुसार नेपाली सेनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको पनि सेनाले जानकारी दिएको छ । सेनाले आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।

सेनाले मतदान स्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिकले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको जनाइएको छ ।

यस्तै, हिमाली जिल्लाहरु जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ । यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्ति मध्ये आज आइतबारबाट अत्यावश्यक बाहेक अन्य फिर्ता हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *