११ बैशाख २०८१, मंगलबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा आज विज्ञहरुले अनुभव सुनाउने



काठमाडौं । काठमाडौंमा जारी दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा आज विज्ञहरुले आफ्ना अनुभव सुनाउदै छन् । त्यसका लागि १५ मुलुकका विज्ञहरु सहभागि छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा शनिवारदेखि सम्मेलन जारी छ ।

सम्मेलनमा नेपालसहित अमेरिका, बंगलादेश, जापान, भारत, स्लोभानियाका लगायत १५ मुलुकका विज्ञहरु समेत सहभागि छन् ।

उनीहरुले आज विकासोन्मुख मुलुकमा रहेका अंगदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात अंग दिन सकिने प्रावधान बारे आफ्नो अनुभव सुनाउदै छन् । त्यसपछि नेपालमा पनि त्यसको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारु हुने विस्वास लिइएको छ ।

‘विकासोन्मुख मुलकहरूका लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने नाराका साथ सुरु भएको यो सम्मेलनमा जिल्ला अस्पताल र नर्सिङ प्रमुख सहित ३ सय नेपाली विज्ञहरुको पनि सहभागीता छ ।

श्निवार सम्मेलनको उद्धघाटन समारोहमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले नेपालमा मानव अंग प्रत्यारोपणको दिगोपनका लागि भइरहेको प्रगति बारे प्रस्तुतीकरण गरेका थिए ।

उनले हालसम्मको प्रगति, चुनौति र देखिएका जटिलता बारे पहिलो दिन सम्मेलनमा जानकारी गराएका थिए । बानेश्वर स्थीत एभरेष्ट होटलमा भइरहेको सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक डाक्टर दिपेन्द्ररमण सिंह, भारतको अपोलो अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर सन्दीप गुलेरिया र डाक्टर विवेक कुटेले, बाल स्वास्थ्य तथा विकास राष्ट्रिय केन्द्र जापानका प्राध्यापक एम. कासाहारा लगायतको सहभागिता रहेको सम्मेलनमा नेपालका तर्फबाट १६ वटा र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु पत्र प्रस्तुत भइरहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *