१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की–२ (१) : चर्चामा विश्वप्रकास लामिछाने



काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा गठबन्धनका साँझा उम्मेदवार विश्वप्रकाश लामिछाने चर्चामा छन् । लोकप्रिय छबीका लामिछाने गठबन्धनका कारण झन चर्चामा आएका हुन् ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले ल्याएको मत अंकगणित अनुसार उनी प्रतिद्वन्द्वी उम्मेदवार भन्दा दोब्बर बढी मतले अघि छन् । जसका कारण उनको जित निश्चित जस्तै देखिन्छ ।

त्यसो त २०३८ सालदेखि नै राजनीतिमा सक्रिय रहेका लामिछाने कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा सामाजिक अभियान्ता र कुसल समाजसेवीका रुपमा पनि स्थापीत छन् । उनी यो क्षेत्रको विकासका लागि अहोरात्र खटिने गरेका छन् ।

सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक कुरीती अन्त्य तथा पर्यटन र साहित्य लगायत अन्य सामाजिक रुपान्तरणका लागि विश्वप्रकाशले गरेको पहलकै कारण उनी जनता माझ लोकप्रिय बनेका हुन् । निष्ठा र इमादार रुपमा राजनीतिमा सक्रिय उनी अहिले माओवादी केन्द्रबाट गठबन्धनका साँझा उम्मेदवार हुन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका लामिछानेले शैक्षिक क्षेत्रको उन्नयनमा ठुलो योगदान गरेका छन् ।

उनले अमरसिंह नमूना मावि, जनप्रीय बहुमुखि क्याम्पस, कालिका बहुमुखि क्याम्पस, सहीद स्मृति स्कूल लगायत शैक्षिक संस्थाहरुमा विभिन्न भूमिकामा रहेर योगदान गरेका थिए । जसका कारण यो क्षेत्रमा शैक्षिक क्षेत्रमा प्रगतिको ढोका खुलेको हो ।

विश्वप्रकाले सामाजिक क्षेत्रमा समेत कयौं योदान गरेका छन् । जस्तो कि प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण, ज्येष्ठ नागरिकको सरोकार तथा सम्मानमा समर्पित, कला, साहित्य र संस्कृतिको उन्नयनमा लेखनाथ र साहित्य प्रतिष्ठानको तर्फबाट नेतृत्व गरेका उनी कास्की २ (१) मा समृद्धिको ढोका खोल्न यो पटक प्रदेशसभा सदस्यका रुपमा उम्मेदवार बनेका छन् ।

सालिन र भद्र व्यक्तिका रुपमा परिचित लामिछानेले यस अघि पनि यो क्षेत्रमा विकासको प्रारम्भ गरेको ईतिहास जिवितै छ । उनले पृथ्वी चोकदेखि कोत्रेसम्म राजमार्ग चौडा गर्न नेतृत्व गरे भने फेवाताल किनारमा फुट ट्याक निर्माण गरेका थिए ।

त्यस्तै खुला चौरको अवधारणामा पोखरा १७ सहीद चोकमा सहीद पार्क निर्माण, फेवातालको सीमांकन, र संरक्षणमा विशेष योगदान, कास्कीका सबै ताल संरक्षणमा उल्लेख्य भूमिका, कवि शिरोमणि लेखनाथ संग्राहलय निर्माणको नेतृत्व, राष्ट्रिय विभूति पार्क लगायतका पार्कहरु निर्माणमा योगदान र राष्ट्रिय सम्पदा संरक्षण र स्वाधीनता रक्षाका लागि पनि विश्वप्रकाशले ठुलो योगदान गरेका छन् ।

यीनै कार्यका कारण उनी पहिल्यै देखि यो क्षेत्रमा चर्चामा रहेका हुन् । यो पटक गठबन्धनका साँझा उम्मेदवार बनेपछि झन विश्वप्रकासलाई अत्याधिक मत प्राप्त हुने देखिएको छ ।

प्रदेशसभामा गएर पनि आफू यो क्षेत्रकै विकास र समृद्धिका लागि कटिबद्ध हुने बचनका साथ जनता माझ रहेकाले आफ्नो जित निश्चित रहेको उनले बताए । लामिछाने अहिले चुनावी सभा तथा घरदैलो गरिरहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *