३० असार २०८२, सोमबार | Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोण सम्बन्धी प्रशिक्षण हुने



काठमाडौं । काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोण सम्बन्धी प्रशिक्षण हुने भएको छ । पुष १ गतेदेखि ४ गतेसम्म हुने उक्त प्रशिक्षणमा प्रशंसनीय खोज बारे ज्ञान दिन लागिएको हो ।

आयोजक संस्था इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका अनुसार सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धान कार्य गर्ने उद्देश्यले यो प्रशिक्षणको आयोजना गरिएको हो ।

यो संस्थाले स्थापनाकालदेखि नै विद्यालय तथा विश्वविद्यालय, राष्ट्यि तथा अन्तर्राािष्ट्रय गैरसरकारी संस्था, बैक तथा निजी संघ संस्थासँग सहकार्य गरी तालिम तथा अनुसन्धान कार्य सञ्चालन गर्दै आएको छ ।

प्रशंसनीय खोज दृष्टिकोणले व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा सुषुप्त अवस्थामा रहेका सकारात्मक पक्षको उजागर गर्दै आएको छ ।

चार दिनसम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधिका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विद्यार्थी तथा सर्टिफाइड प्रशिक्षक डा.राम चन्द्र लामिछानेले गर्नेछन ।

चारैतिर नैराश्य र नकारात्मकता वढी रहेको समयमा प्रसंसनीय खोज दृष्टिकोणका प्रशिक्षकहरुको प्रशिक्षणले प्रत्येक ब्यक्ति, परिवार, संस्था, समुदाय र समाजमा भएका सकारात्मक कुराहरुको खोजी गरी सकारात्मक वातावरण निर्माण गर्न सकिने भएकोले धेरै भन्दा धेरै जनालाई प्रसंसनीय खोज दृष्टिकोणको बारेमा दक्ष बनाउने उद्धेश्यले यो तालिम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक रिवाज लामिछानेले बताए ।

तालिममा आवेदनका आधारमा छनौट भएकाहरु मात्र सहभागि हुन पाउने छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ०५ बजे

  • ...
    TIA币

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.

    ...
    бнанс акаунт

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *