७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जी-२० राष्ट्रहरुको शिखर सम्मेलन आज सुरु हुँदै



काठमाडौं । विश्वका विकसित र विकासशील राष्ट्रहरुको संगठन जी-२० को शिखर सम्मेलन आज मंगलबारदेखि इण्डोनेशियाको बाली द्विपमा सुरु हुँदैछ ।

सिंगो विश्वको आर्थिक गतिविधि नियन्त्रण गर्न हैसियत राख्ने जी-२० सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रयहरुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु बालीमा भेला भइसकेका छन् । मंगलबार बिहान इण्डोनेशियका राष्ट्रपति जोको विडाेडाेले उद्घाट्न गर्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धका कारण उत्पन्न समस्या, जलवायु परिवर्तन नियन्त्रण, विश्वब्यापी रुपमा बढेको महँगी लगायतका विषयमा नेताहरुबीच छलफल हुने कार्यक्रम रहेकाे छ ।

सदस्य राष्ट्रका मन्त्री स्तरीय बैठकहरुले सहमति गरेका एजेण्डाहरुमा नेताहरुले हस्ताक्षर गर्नेछन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *