जनकपुर। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई लक्षित गरेर जनकपुर-जयनगर रेल सेवा बन्द हुने भएको छ। भोलिदेखि चार दिनका लागि बन्द हुने भएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन निरञ्जन झाले आज सूचना जारी गर्दै चुनावका कारणले भोलि मङ्सिर १ गतेदेखि ४ गते आइतबारसम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिए।
मङ्सिर ५ गतेदेखि पुनः नियमित रूपमा रेल सेवा सञ्चालन हुने प्रबन्ध सञ्चालक झाले जानकारी दिए। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ। दैनिक रूपमा दुई पटक जनकपुरधामबाट सञ्चालन हुने गरेको छ।
शान्ति सुरक्षाका लागि नेपाल भारतको सीमा नाका मङ्सिर १ गतेदेखि ४ गतेसम्म सिल रहने भएकाले रेल सेवा बन्द गरिएको छ। दुई देशका सुरक्षा अधिकारीहरूको भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको संयुक्त बैठकबाट मङ्सिर ४ गते हुने चुनावलाई दृष्टिगत गरेर सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए।
त्यस कारणले रेल सेवा पनि बन्द गरिएको छ। जनकपुरधामबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ।
प्रतिक्रिया
binance Registrēties
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.