काठमाडौं। गृह मन्त्रालयले चुनावमा खटिएका सुरक्षाकर्मीलाई मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न भएको अवस्थामा माथिको आदेशबिनै गोली चलाउने अधिकार दिएको छ।
गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहसचिव विनोदप्रकाश सिंहले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र जारी गरिएको बताए। यस्तै सुरक्षाकर्मीले आफ्नो सुरक्षामा खतरा उत्पन्न भएमा पनि गोली चलाउन पाउने निर्देशन दिइएको छ।
गृहसचिव सिंहले भने, ‘‘तीन अवस्थामा माथिल्लो निकायबाट आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा अर्थात् बुथ कब्जा हुने अवस्था देखिएमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।’’
प्रतिक्रिया
最佳Binance推荐代码
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?