१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा खटिएका २ कर्मचारीको मृत्यु



काठमाडौं। धनकुटामा निर्वाचनमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ। साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याखा लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको हो।

सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए। उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्। उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने प्रहरीले जनाएको छ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्। फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन्। 

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ। सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।

 उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *