काठमाडौं। उपल्लो डोल्पाका पाँच मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेको पाइएको छ।
भारी हिमपात भएर हेलिकप्टरबाट मतदान सामग्री देखि कर्मचारी पठाएको उपल्लो डोल्पाका २२ वटा मतदान केन्द्र मध्य पाँच मतदान केन्द्रमा १०० भन्दा पनि कम मतदाता रहेको पाइएको हो।
छार्काङसोङ गाउँपालिका-२ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुंकाबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्। डोल्पोबुद्ध गाउँपालिका-२ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरी ५८ मतदाता छन्।
त्यसैगरी शे-फोक्सुण्डो गाउँपालिका-७ मा पर्ने टासी सुम्दो आधारभूत विद्यालयल कु-गाउँ मतदान केन्द्रमा पुरुष ३५ र महिला ४४ गरी ७९ मतदाता छन्। शे-फोक्सुण्डो गाउँपालिका-६ फोदगाउँ वडा कार्यालय मतदान केन्द्रमा पुरुष १८ र महिला १६ गरी ३४ मतदाता छन्।
शे-फोक्सुण्डो गाउँपालिकाकै दशरथ चन्द आधारभूत विद्यालय कोमास मतदान केन्द्रमा ४७ पुरुष र ५० महिला गरी ९७ जना मतदाता छन्। भौगोलिक रूपमा विकट, एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँ समय लाग्ने भएकाले पनि थोरै मतदाताका लागि छुट्टै मतदान केन्द्र व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।











प्रतिक्रिया
binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?