१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रामक सूचना भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य, तत्काल कारबाही गर्न माग



काठमाडौं। अनलाइन मिडियाको नाम दुरुपयोग गरी सत्ता गठबन्धनलाई लक्षित गरेर भ्रामक सूचना सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गरेर भ्रममा नपर्न आग्रह गरेका छन् ।

दुई पार्टीका मुख्यसचिवले जारी गरेको संयुक्त वक्तव्यमा नेपालका प्रतिष्ठित अनलाइन मिडियाको नाम दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो ल्याउने दुराशयले सामाजिक सञ्जालमा गलत सूचना फैल्याइएको भन्दै यस्तो काम गर्नेलाई कारबाहीको माग गरिएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न सञ्चारमाध्यमको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी, रातोपाटीलगायतका मिडियामा आएको जस्तै बनाएर यस्ता भ्रामक सूचना हालिएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’

नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)ले दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै पनि केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यताविपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत भएको समेत बताएका छन् ।

यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाही गर्न दुई दलले निर्वाचन आयोगसँग माग गरेका छन् । यस्तै अपराधपूर्ण काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *