७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरका तीनवटै क्षेत्रमा एमालेको अग्रता



ललितपुर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइ रहेका छन् ।

सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *