१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा : कांग्रेस ३ ठाँउमा विजयी, एमालेले एक ठाँउ जित्यो



काठमाण्डौ । प्रतिनिधिसभाको मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेस ३ ठाउँमा विजयी भएको छ । काठमाण्डौ क्षेत्र नम्बर १, मनाङ र मुस्ताङमा कांग्रेसले जितेको हो ।

कांग्रेस ४६ स्थानमा अग्रस्थानमा छ ।

काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गर्नुभएको छ । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका छन्।

मिश्रको भन्दा १२५ मत बढी ल्याएर सिंह विजयी भएका हुन् । काठमाण्डौ १ बाट प्रतिनिधिसभा सदस्यको लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।

वि. स. २०७४ को प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रको भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित भएका थिए । यस्तै हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई हराउँदै टेकबहादुर प्रतिनिधिसभा सांसद बनेका हुन्। उनले २ हजार ५७५ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए।

मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भइसकेका छन्। उनले एमालेका राजनबहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गरेका हुन् ।

उनले १ हजार २ सय ५५ मत पाएका थिए। एमालेका उम्मेदवार राजन गुरुङले ९ सय २५ मत प्राप्त गरेका थिए। मनाङको प्रदेशसभा २ मा भने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

उता मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका छन् । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

कांग्रेसले तीन ठाँउ जित्दा एमालेले भने एक ठाँउबाट खाते खोलेको छ । ललितपुर क्षेत्र नं. २ मा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले जित निकालेका हुन् । उनी १९ हजार ७३४ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पनि १० हजार १३६ मत प्राप्त गरे ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *