६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने दोस्रो स्थानमा उक्लिए



चितवन। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् ।

७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।

तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका छन् । ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा थिए ।

शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : १२ बजे