१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओली फराकिलो मतान्तरले विजयी



काठमाडौं। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन्।उनी २८ हजार ३ सय ८८ मतान्तरसहित विजयी भएका हुन्।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन्।

अघिल्लो पटक ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक मत थियो।

अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका हुन्।

यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा त्यही क्षेत्रबाट विजयी भइसकेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *