बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि अनेरास्ववियू कार्यकर्ताले आक्रमण गरेका छन्।
आफना कार्यकर्ता चेतन अयडीको हत्यामा संलगनलाई कारबाही गरे मात्र मतगणना सुरु गर्न दिने अडान राखेका एमाले नेता र अनेरास्ववीयूका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल र सुरक्षा निकायका प्रमुखहरु माथी आक्रमण गरेका हुन्।
मत गणना प्रकृया अघि बढाउने बिषयमा सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको हलमा सर्वदलीय बैठक सकेर निस्कने क्रममा अनेरास्ववीयूका कार्यकर्ताले आक्रमण गरेको प्रचिअ अधिकारीले बताए।
‘जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलयबाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ’ प्रजिअ अधिकारीले भने।
सर्वदलीय बैठक सकेर मुख्य निर्वाचन अधिकृतको कार्यलय बाहिर निस्कदा गेटमा अनेरास्वीयुका कार्यकताले प्रहरी प्रशासन बिरुद्ध नाराबाजि गरिरहेका थिए। चेतन अयडिको हत्याराको प्रक्राउ गरि निश्पक्ष छानबिनको माग गर्दै अनेरास्वियुले आन्दोलन गरिरहेको थियो।
अनेरास्ववीयू कार्यकर्ताले ढुगांमुढा प्रहार सँगै कालो मुसो समेत फालेको प्रजिअ अधिकारीले वताएका छन्। आक्रमणकारी अनेरास्ववीयूका कार्यकर्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया
binance開戶
Your article helped me a lot, is there any more related content? Thanks!