६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मी २ मा गठबन्धन ‘क्लिन स्विप’



गुल्मी । गुल्मी क्षेत्र न २ सहित दुवै प्रदेशमा एमाले विजयी भएको छ। एमालेका गोकर्ण बिष्टले २८ हजार ५ सय ८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मदवार रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गरेकी छन्। 

त्यस्तै गुल्मी क्षेत्र न २ (क) मा एमालेकै डिल्लीराज भुसाल विजयी भएका छन्। भुसालले १४ हजार एक सय ३० मत प्राप्त गर्दै गठबन्धनका उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पराजित गरेका छन्। श्रेष्ठले १३ हजार ८ सय ८० प्राप्त गरेका छन्।

त्यस्तै गुल्मी क्षेत्र न २ (ख) मा एमालेकै उम्मेदवार दिनेश पन्थी विजयी भएका छन्। उनले गठबन्धनका उमेदवार बुद्धि जिसीलाई पराजित गरेका हुन्। पन्थीले १३ हजार ९ सय २९ र जिसीले १३ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। उनीहरू पुराना सहकर्मी हुन्। पन्थी ०७४ को निर्वाचनमा पनि लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

एकीकृत  समाजवादी गुल्मीका अध्यक्ष श्रीराम महतले निर्वाचनमा आफ्नो उम्मेदवार झाँक्री पराजित भएपछि पदबाट राजिनामा दिएका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : १५ बजे