१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे १३ हजार मतान्तरसहित प्रचण्ड विजयी



गोरखा। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्  । विहीबार विहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय  ३ मत पाएर विजयी भएका छन् ।  प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन् । प्रचण्डको यो लगातार चौथो संसदीय यात्रा हो ।

गोरखा २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ५८ बजे