११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी  तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ४२ बजे