रौतहट । गएराती रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागी हुँदा रूकसाना खातुन,,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो ।
गौर नगरपालिका १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । यो पसल गौर नगरपालिका १ मा रहेको थियो ।घाइते ३ जनाको सदरमुकाम गौर स्थित प्रदेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सटभएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया