३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली र प्रचण्ड फोन सम्बाद : फेरि मिलेर अघि बढौं



काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड बिच टेलिफोन सम्बाद भएको छ । उनीहरु बिच मिलेर अघि बढ्ने कुरा भएको हो ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेको फोनमा मिलेर अघि बढ्न आग्रह गरेका छन् । प्रचण्डलाई टेलिफोन गर्दै चुनाव जितेकोमा बधाई दिएका ओलीले अब आफुहरु मिलेर नै अघि बढ्नु पर्ने बताएको स्रोतले जानकारी दिएको छ ।

तिक्तता बढ्दै जाँदा निकै परपर भइएकाले अब संगै बसेर कुरा गरी आफुहरुलाई टाढा पार्ने शक्तिहरु लाई सक्रिय हुन नदिने बारे कुरा चलेको छ ।

प्रचण्डले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बेला आएको बताएका थिए ।

यद्यपी आफुहरु गठबन्धनमा रहेकाले चुनावको सबै परिणाम आइसकेपछि त्यसपछि बसेर समीक्षा गर्नुपर्ने उल्लेख गरे ।

फोनमा बधाई साटासाट गर्दै उनीहरुले चुनावी नजितापछि केहि न केहि निर्णय लिनुपर्ने संकेत गरेको बुझीएको छ । एमाले अध्यक्ष ओलीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार फोन मार्फत बधाई दिएका थिए ।

२०७४ को प्रतिनिधिसभा चुनावमा तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्र यसपाली कमजोर देखिएपछि कांग्रेस संग अब विगत जस्तै सुमधुर सम्बन्ध हुन नसक्ने विस्लेषण भइरहेका बेला भएको यो सम्बादले नयाँ तरंग लिने संकेत गरेको छ ।

अहिलेको सत्ता गठबन्धनको सहयोगमा माओवादीको प्रत्यक्षमा २० सिट पनि पुग्न मुस्किल छ भने समानुपातिकमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछि परेको छ ।

चुनावको प्रारिम्भक समीक्षामा माओवादी नेताहरुले यसपटकको चुनावी गठबन्धन आफूहरुका लागि प्रत्युत्पादक बनेको टिप्पणी गगरिरहेकाछन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ५० बजे

  • ...
    binance signup bonus

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    ...
    Anm"al dig f"or att fa 100 USDT

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *