काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणामअनुसार एमाले ९ लाखभन्दा बढी मत पाएको छ ।
शुक्रबार बिहानसम्म एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गरेको छ । यस्तै, समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले यो समाचार तयार पार्दासम्म ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ ।
अहिलेसम्म समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो रहेको छ । यो पार्टीले ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रले हालसम्म ४ लाख ८ हजार १०२ मत रहेको छ । राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म २ लाख ३७ हजार ५२४ मत पाएको छ ।
यस्तै, जसपा नेपालले १ लाख १५ हजार ६५२, जनमत पार्टीले ६९ हजार ४९५ र नेकपा एकीकृत समाजवादीले ६३ हजार १५९ मत पाएको छ । समानुपातिकतर्फ एकीकृत समाजवादीको यो मत सोचेभन्दा कम हो ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।
मंसिंर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ मध्ये १०९ क्षेत्रको परिणाम आइसकेको छ । मत गणना जारी छ ।
प्रतिक्रिया
sign up for binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
binance Empfehlungscode
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
your code of destiny
I'm extremely impressed with your writing abilities as well as with the format on your weblog. Is this a paid theme or did you customize it yourself? Anyway stay up the nice high quality writing, it is uncommon to peer a nice weblog like this one nowadays!