१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा : अहिलेसम्म कसले कति सिट जिते ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका १६५ मध्ये हालसम्म १ सय ५८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमो छ । नेकपा एमालेले ४२ क्षेत्र जित्दै कांग्रेसलाई पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले ७–७ क्षेत्रमा जित निकालेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *