१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकमा घण्टीले कटायो साढे १० लाख मत, माओवादी चौथो



काठमाडौं । पहिलो पटक निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणनाअनुसार रास्वपाले १० लाख ६५ हजार ४४१ मत पाएको छ ।

समानुपातिक तर्फ ठुलो दल मानिएका र सत्ता गठबन्धनसहित निर्वाचनमा होमिएको माओवादी केन्द्रलाई समेत पछि पार्दै रास्वपा तोस्रो स्थानमा छ । नेकपा एमालेले २५ लाख २२ हजार ५५३ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८८ हजार ९२२ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख ५४ हजार ३५१ मत पाएर चौथो भएको छ । जारी मतगणनाअनुसार सोमबार बिहान सर्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय ज्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार २४४ मत ल्याएर पाचौं स्थानमा रहेको छ ।

त्यस्तै जसपाले ३ लाख १९ हजार ४५९ मत पाएर छैठौं, त्यसैगरी एकिकृत समाजबादी पार्टीले २ लाख ४९ हजार १८३ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ५९ मत पाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *