७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाका १० केन्द्रमा पुन: निर्वाचन हुने



काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले पुन: निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन समेत दिएको छ । यसअघि भएको मतदानलाई रद्द गर्दै मतदान गराउन भनेको हो ।

वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान हुने भएको हो । अन्य मतदान केन्द्रमा भने मतदान नगरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *