६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचारमा आर्थिक अभाव, न्युरो अस्पतालमा छटपटाउँदै बोहरा



हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका– २ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ। मस्तिष्कघात (प्यारालाइसिस)का कारण गम्भीर बिरामी परेकी बोहराको काठमाडौं बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

मस्तिष्कघातका कारण उनको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताए। मंसिर ५ गते गाउँनजिकैको खेतमा गाईवस्तु चराउन गएको समयमा एक्कासि बेहोस भएकी उनको बोलीसहित शरीरको दाहिने भाग चल्न छाडेको उनका छोरा सञ्जित बोहराले बताए।

आफन्तले सामान्य आर्थिक जोहो गरेर बिरामीलाई काठमाडौं पुर्‍याए पनि अहिले उपचारमा समस्या भइरहेको छोरा सञ्जितले बताए। उनले भने, ‘उपचारमा दैनिक १५ देखि २० हजारका दरले खर्च भइरहेको छ। अझै कति दिन अस्पताल राख्नुपर्छ ठेगान छैन।’ उपचारमा संलग्न चिकित्सकले बोहराको मस्तिष्कको दाहिने भागमा रगत जमेको बताए। बिरामी उम्मपुरीलाई उपचारमा सहयोग गर्न आफन्तले आग्रह गरेका छन्।

सहयोग गर्न चाहनेले विकास बोहराको नाममा रहेको सिटिजन्स बैंकको खाता नम्बर ०१७०१०००००२१३००९ मा जम्मा गर्न सक्ने वा ९८६३१४३४२७ (सञ्जित बोहरा) र ९८४००५८८१७ (विकास बोहरा)मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ०५ बजे