६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी परिणामले राष्ट्रवादी विचारधारा र हिन्दुराष्ट्रको एजेन्डा कमजोर भयो : राप्रपा नेपाल



काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चुनावी परिणामबाट राष्ट्रवादी विचारधारा र हिन्दुराष्ट्रको एजेन्डा कमजोर भएको निष्कर्ष निकालेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्ताे निष्कर्ष निकालेको हो।

पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा जानुपरेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको सो पार्टीको ठहर छ। ‘पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा होमिनुपरेको कारण चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको, संस्थागत रूपमा प्रभावकारी चुनावी अभियान सञ्चालन हुन नसकेको तथा न्यूनतम साधनस्रोतको समेत व्यवस्था हुन नसकेको तितो यथार्थलाई स्वीकार तथा आत्मालोचना गर्दै कमीकमजोरीबाट पाठ सिकेर आगामी दिनमा थप सशक्त ढंगबाट अघि बढ्ने राप्रपा नेपाल प्रतिबद्धता व्यक्त गर्दछ,’ सो पार्टीको बैठकको निर्णयमा भनिएको छ।

बैठकले निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यको अध्ययन गर्न पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति समेत गठन गरेको छ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ०४ बजे