२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा जीप दुर्घटना, जन्ती गएका पाँच जनाको मृत्यु



जनकपुर । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना भएको हो ।

घटनामा अन्य ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह लगायतका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *