२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माया लुहार हत्या : आरोपी सशस्त्र प्रहरीका जवान सार्वजनिक



बैतडी।  बैतडीको पञ्चेश्वरकी माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

सशस्त्र प्रहरी बलमा कार्यरत शिवनाथ गाउँपालिका– ४ सोल्पला बस्ने कोलीलाई बैतडी प्रहरीले आज सार्वजनिक गरेको हो। उनलाई आइतबार महेन्द्रनगरबाट पक्राउ गरिएको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

मायाको गत १३ मंसिरमा हत्या भएको थियो। कोलीले मायासँगै १५ वर्षीया भतिजी नेहा लुहारको पनि हत्या गर्ने प्रयास गरेका थिए। तर, घाँटी रेट्ने क्रममा चक्कु भाँचिएपछि उनी फरार भए। 

कोली सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत रहेको डिएसपी शाहीले बताए। प्रहरीले सोमबार नै जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। 

नेहाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनैले दिएको सूचनाको आधारमा प्रहरीले कोलीलाई पक्राउ गरेको हो। 

हत्या आरोपी कोली ४ मंसिरमा बिदामा घर आएको र उनले योजनाबद्ध तरिकाले मायाको हत्या गरेको प्रहरीले जनाएको छ। 

‘दुईजनाबीच प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको छ,’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘अभियुक्तले मायालाई प्रेम गर्ने गरेको र उनको सम्बन्ध अरूसँग पनि भएको आशंकामा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’ 

कोलीले ११ मंसिरमा मायालाई भेट्न बोलाई पञ्चेश्वर– ४ को आम्चोरा जाने बाटोमा मोबाइल नियन्त्रणमा लिएका थिए। त्यसको दुई दिनपछि मोबाइल फिर्ता लिन भन्दै शिवनाथ गाउँपालिका– ६ को ओल्याओखडानी ठूलखोला सामुदायिक वनमा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ५४ बजे

  • ...
    Registrera

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *