काठमाडौं। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ। एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले पीडितले आयोगमा आएर पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि खुलाएकी छन्।
थापाले न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरिएको बताइन्। मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ। महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसँग थिइन्।
प्रतिक्रिया
Binance推荐
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
binance konts
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.