१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगद्वारा सिट बाँडफाँड, कसले कति सिट पाए ?



काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ। 

त्यस्तै कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट जितेको छ भने माओवादीले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सिट जितेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३ सिट जितेको छ भने राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १७ सिट सिट जितेको छ। 

त्यस्तै जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ भने जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ। त्यस्तै राष्ट्रिय दल बन्नबाट चुकेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ ९ सिट जितेको छ। 

त्यस्तै नेमकिपाले प्रदेशसभातर्फ दुई सिट, लोसपाले प्रदेशसभातर्फ ३ सिट, नेपाल संघीय समाजवादीले प्रदेशसभातर्फ १ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट र राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाल पार्टीले प्रदेशसभातर्फ एक-एक सिट जितेको छ। 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *