१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भर्खरै पार्टी प्रवेश गरेकाहरु बने एमाले समानुपातिक सांसद



काठमाडौं । नेकपा एमालेले भर्खरै पार्टी प्रवेश गरेकाहरुलाई समानुपातिक सांसद बनाएको छ । ३२ जना मध्य ६ जना आगन्तुकहरु सांसद बनेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४४ सिट हात पारेका एमालेले समानुपातिकतर्फ २२ महिला र १२ पुरूषको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

उनीहरु मध्ये कै ६ जना भर्खरै पार्टी प्रवेश गरेकाहरु समानुपातिक सांसद बनेका हुन् ।

निर्वाचन आयोगलाई बुझाइसकेको समानुपातिक सांसदको सूचीमा पार्टीमा योगदान गरेकाहरुभन्दा पनि भर्खरै प्रवेश गरेकाहरू प्राथमिकतामा परेको भन्दै एमाले भित्रै चर्चा सुरु भएको छ ।

यसरी, एमाले प्रवेश गरेलगत्तै समानुपातिकबाट सांसद बन्न पाएकाहरूमा एकानाथ ढकाल, देवीप्रसाद भट्टचन, हेमराज राई, गंगाप्रसाद यादव, अमृतलाल रावजंशी र अमृता अग्रहरी रहेका छन् ।

एकनाथ ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष हुन् । उनी एमाले प्रवेश गरिसकेका छैनन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै आधारमा एमालेको समानुपातिक कोटामा परेका हुन् ।

व्यवसायी देवीप्रसाद भट्टचन पूर्वकांग्रेस नेता हुन् । उनी निर्वाचन अघि मात्र एमाले प्रवेश गरेका हुन् । भट्टचन पनि एमालेबाट समानुपातिक सांसद बनेका छन् ।

त्यसैगरी, संविधान लेखको क्रममा असन्तुष्टि जनाउँदै अशोक राईले एमालेबाट विद्रोह गर्दा तत्कालीन संघीय समाजवादी पार्टी गठनमा संलग्न हेमराज राई पनि एमालेबाट समानुपातिक सांसद् बनेका छन् । पूर्वमन्त्री समेत रहेका उनी निर्वाचनअघि मात्र एमाले फर्केका थिए ।

त्यस्तै, पूर्वउपसभामुख समेत रहेका गंगाप्रसाद यादव पनि एमालेको समानुपातिक सूचीमा परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका यादव वर्ष अघि मात्र एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी, नेपाली कांग्रेसबाट धेरै पटक सांसद बनेर मन्त्री समेत भइसकेका अमृतलाल राजवंशी पनि एमालेको समानुपातिक सूचीमा छन् । उनी निर्वाचनभन्दा केही समय अगाडि मात्र एमाले प्रवेश गरेका थिए ।

त्यस्तै, अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट सांसद बनेका अमृता अग्रहरी पनि एमालेको समानुपातिक सूचीमा छन् । उनी पनि निर्वाचनभन्दा केही समय अगाडि मात्र एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *