६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोलेन्द्र प्रकरण : सर्वोच्च पुग्यो संसद् सचिवालयको जवाफी पत्र



काठमाडौं। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र गत बुधबार दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेपछि सर्वोच्चले यसको जवाफ मागेको थियो।

गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सह-रजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सचिवालयबाट आएको पत्र दर्ता गरेर मुख्य रजिष्टारकोमा पठाइएको जानकारी दिए । बन्द चिठी भएकोले सचिवालयले सर्वोच्चलाई जवाफमा के लेखेको छ भन्ने कुरा प्रष्ट नभएको र पत्र मुख्य रजिस्ट्रारको टेबलमा पुगेको उनले बताए ।

संघीय संसदका महासचिवले लेखेको सो पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै यसअघि नै सर्वोच्चको संवैधानिक इजलासले फैसला गरिसकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ५३ बजे