कालिकोट। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा बेपत्ता भएका तीनजनामध्ये दुईको शव भेटिएको छ।
मंसिर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको गोताखोरको टोलीले शव फेला पारेको हो। बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरी र कैलाली लम्कीचुहा नगरपालिका ४ का २३ वर्षीय जेसीबी चालक मंगल चुडारीको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो । उनीसँगै
दुर्घटनामा परी हराइरहेका सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजीकार्य जारी छ ।
यीही मंसीर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट कर्णाली नदीमा खसेको थियो। जेसीबीमा रहेका ८ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते र ३ जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया
注册Binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.