१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुन: मतदानको माग गर्दै झलनाथ खनाल पुगे सर्वोच्च



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नं. १ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गर्दै उनी मंगलबार सर्वाच्च गएका हुन् ।

उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद् सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।

इलाम १ बाट खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।

इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *