१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोण प्रशिक्षण सुरु



काठमाडौं । काठमाडौंमा प्रशिक्षकहरुका लागि प्रसंसनीय खोज दृष्टिकोण सम्बन्धि प्रशिक्षण सुरु भएको छ । चार दिनसम्म चल्ने प्रशिक्षण शुक्रबार सुरु भएको हो ।

प्रशिक्षणमा विभिन्न क्षेत्रका बिज्ञ सहितका सहभागिहरुले प्रशिक्षणको पहिलो दिन आन्तरीक वार्तालाप र त्यसको प्रभाव, सोच्ने तरीका, व्यवहारको तरीका, घर, कार्यालय र समाजमा यसले पार्ने प्रभावका बारेमा व्यापक छलफल गरेका छन् ।

उनीहरुले प्रसंसनीय खोज विधी सिकेर त्यस मार्फत सवल पक्षहरुको खोजविन गर्ने तरीका, सकारात्मक धराणा बनाउने उपाय, आफ्नो जीवन, परिवार तथा सहकर्मीहरु प्रति कसरी सकारात्मक धारणा बनाउन सकिन्छ भन्ने बारे जिज्ञासा राखेका थिए ।

प्रशिक्षणमा सहभागी निवर्तमान जनप्रतिनिधिहरु, प्राध्यापक, कानुन व्यवसायी, पत्रकार, शिक्षक, उद्यम विकास प्रशिक्षक, ईन्जिनियरिङ क्षेत्रका विद्यार्थी लगायतले अत्यन्तै प्रतिकुल अवस्थामा पनि खोज गर्नुपर्ने सकारात्मक तत्व तथा प्रसंसनीय खोज विधीको सैद्धान्तिक र व्यवहारीक ज्ञान बारे समेत दोहोरो सम्वाद गरेका छन् ।

प्रसंसनीय खोज विधीका सर्टिफाइड प्रशिक्षक डा. रामचन्द्र लामिछाने (आर. सि.) ले सहजीकरण गरेको पहिलो दिनको प्रशिक्षणको प्रारम्भमा प्रदेश नम्बर २ का निर्वतमान प्रदेश प्रमुख डा. राजेश अहिराज, प्रसंसनीय खोज दृष्टिकोणका अभियन्ता बुद्धी तामाङ, जताको लागि बन केन्द्रका निर्देशक डाक्टर सम्भु दंगाल र काठमाण्डौं मोडल हस्पिटल स्कूल अफ नर्सिङका प्रीन्सिपल सुनिता पाठकले आफ्ना अनुभव सुनाउदै प्रसंसनीय खोजले जीवन मात्र नभएर घरदेखि समाज सबै परिवर्तन सम्भव रहेको बताए ।

ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आयोजना गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षहरुको सक्रियता मार्फत जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहा भएका सबै खाले कमजोरीहरुलाई निष्कृय बनाउने उद्देश्य छ ।

प्रशिक्षणमा यो विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएका दस्तावेजहरु सैद्धान्तिक तथा ब्यबहारिक रुपमा प्रस्तुत भइरहेका छन् ।

यो प्रशिक्षणका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी अघि बढाउन सकिन्छ र सकारात्मक रुपान्तरणकालागि कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन ।

प्रशिक्षणको दोस्रो दिन शनिवार अमेरिकाबाट शिक्षा परामर्शदाता जेनिफर मेलेकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

देशैभर प्रसंसनीय खोज दृष्टिकोण विषयका प्रशिक्षकहरु विकास गर्ने उद्धेश्यका साथ सुरु गरिएको प्रसंसनीय खोज दृष्टिकोण प्रशिक्षक प्रशिक्षण बागमती किनारमा रहेको व्यन्जन हाउसमा सोमबारसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *