बैतडी : जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्स्टिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानमा ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै उत्कृष्ट भएको हो।
अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनशक्तिलगायतका सूचकका आधारमा अंक प्रदान गरिन्छ। जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरू हाडजोर्नी, एमडीजीपी, एनेस्थेसियोलोजिस्ट र डेन्टल सर्जन एक एक जना र चार जना मेडिकल अधिकृत गरी आठ जनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेश श्रेष्ठले बताए। ‘अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौं। केही उपकरणहरू पनि थपिएका छन्। सेवासुविधा पनि थपिएको भएर यो उपलब्धि हासिल भएको हो,’ डा. श्रेष्ठले भने।
जिल्ला अस्पतालमा न्यूनतमदेखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको उनले बताए। नयाँ भवनबाट सेवा प्रदान भएदेखि आईसीयूसहित ५० शय्याको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ।
स–साना समस्या पर्दासमेत भारतको पिथौरागढ जाने यहाँका बिरामहरू अहिले जिल्ला अस्पतालबाटै सेवा प्राप्त हुँदा दंग छन्। ‘हात भाच्चिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामी पिथौरागढ जान्थ्यौं, अहिले सानो समस्यादेखि जटिल खालका रोगहरूको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ, खुसी लाग्यो,’ सेवाग्राही निर्मला टेरले भनिन्। यसैगरी स्वास्थ्य सेवाका हिसाबले बैतडीको पुर्चौडी नगरपालिका जिल्लाकै उत्कृष्ट रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य प्रगति सूचकको आधारमा पुर्चौडी नगरपालिका पहिलो नम्बरमा रहेको हो।
स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रम अनुरूप जिल्लालाई उत्कृष्ट पालिका छनोट गर्न जिल्लालाई जिम्मेवारी दिने गर्छ।
प्रतिक्रिया
个人资料
Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.
Enregistrement à Binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.