काठमाडौं । काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोणबारे व्यापक छलफल भएको छ । देशभरबाट सहभागि विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरुले यसबारे गहिरो ढंगले छलफल गरेका हुन् ।

ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आयोजना गरेको चारदिने प्रसंसनीय खोज दृष्टिकोण प्रशिक्षणमा सहभागि उनीहरुले व्यक्ति, परिवार, समाज तथा संस्थाहरुमा सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधि आवश्यक रहेको भन्दै यो बारे लक्ष्य प्राप्तीको ढाँचा समेत निर्माण गरेका छन् ।
परिवार, समाज, तथा संस्थाहरुमा शुसुप्त अवस्थामा सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्न यो विधीले ठुलो उपलब्धी प्राप्त गर्ने उनीहरुको निश्कर्ष छ ।

प्रसंसनीय खोज दृष्टिकोणको विधीले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै देखिएका कमजोरीहरुलाई निष्कृय बनाउने भएकाले यो सिकाई पश्चात उनीहरुले आफ्नो क्षेत्रमा लागु गर्न भुमिका खेल्ने विश्वास लिइएको छ ।
यसलाई भविष्यकालागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाइ कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवहारीक र प्रणालीगत विधीका रुपमा बुझिन्छ ।

यस विधिको सहि सदुपयोगले यथास्थितीमा रुमलिएका जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन् । यस विधीको प्रयोगले ब्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभावनाका मुनाहरुले फक्रिने अवसर पाउदछन् ।
तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउने भएकाले प्रसंसनीय खोज दृष्टिकोणलाई जीवनको मुल अध्यायका रुपमा लिने गरिएको छ ।

प्रशिक्षणमा यस विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएका दस्तावेजलाई सैद्धान्तिक तथा ब्यबहारिक रुपमा प्रस्तुत गरिएको थियो ।
जसबाट सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी अघि बढाउन सकिन्छ र सकारात्मक रुपान्तरणकालागि कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गरेको बताएका छन् ।

तालिमको प्रशिक्षकका रुपमा प्रसंसनीय खोज विधीका सर्टिफाइड प्रशिक्षक डा. रामचन्द्र लामिछाने (आर.सि लामिछाने) र अमेरिकी शिक्षा परामर्श दाता जेनिफर मेलेक रहेका थिए ।

समापन समारोहमा प्रसंसनीय खोज दृष्टिकोणका अभियन्ता बुद्धी तामाङ र एड्राडका कार्यकारी निर्देशक बिरेन्द्रराज पोखरेल मार्फत सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा तामाङ र पोखरेलले प्रसंसनीय खोज बारे विभिन्न उदाहरण दिएर विषयबस्तु बारे प्रस्ट पारेका थिए ।
प्रशिक्षण पुस १ गते शुक्रबार देखि ४ गते सोमबारसम्म सञ्चालन भएको थियो ।
प्रतिक्रिया
b^onus de indicac~ao da binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. http://加密货币交易.cryptostarthome.com
binance-
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.