६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा टिपरको ठक्करले किशोरीको मृत्यु, स्थिति तनावपूर्ण



सप्तरी । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेकाे छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका–१ मा आज विहान ना १ क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको थियो।

ठक्करबाट विद्यालय गइरहेकी किशोरीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्याँस र १० राउण्ड हवाइ फायर गरेको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : २५ बजे