१ मंसिर २०८२, आइतबार | Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा आज यो वर्षकै धेरै चिसो



काठमाडौं। काठमाडौंमा आज शुक्रबार यो वर्षकै चिसो भएको भएको छ । हिजोको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ ।

हिजो ६ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ ।

तराईका जिल्लामा आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो  लाग्नेछ ।

काठमाण्डौसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

भोली शनिबार केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन।

यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ५२ बजे

  • ...
    código de indicac~ao da binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *